पोखरा । मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले फर्किनका लागि अर्को हेलिकप्टर मगाएका छन् ।
उद्धारका लागि खटिएको नेपाली सेनाको हेलिकप्टर अवलोकन भ्रमणमा लगेको भन्दै तिव्र आलोचना भएपछि मुख्यमन्त्री पोखरेलले अर्को हेलिकप्टर मार्फत फर्कने जानकारी गराएका छन् ।
‘राहत सामग्री लिएर अहिले हामी मनाङ सदरमुकाम चामेमा छौं । गृहमन्त्रालयको समन्वयमा हेलिकोप्टरको प्रबन्ध भएको हो । हामी आएको हेलिकोप्टर यहिँ उद्धारमा खटिने भएकाले अर्को हेलिकोप्टरबाट फर्कने तयारीमा छौं ।’,पोखरेलले आफ्नो फेसबुक मार्फत सो कुराको जानकारी गराउँदै लेखेका छन् ।