कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

र बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुनेछ ।

कांग्रेसको पछिल्लो बैठकले भदौ ७ देखि गर्ने तय भएको महाधिवेशन भदौ १६ देखि गर्ने गरी प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई आजको बैठकले अनुमोदन गर्ने जनाइएको छ ।

कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तयारी छ ।

कमेन्टहरु
Loading...