गन्थन डेस्क ।
अबिरल वर्षाका कारण आएको बाढीले मनाङका धेरै स्थानमा ठुलो क्षती पुराएको छ । बाढीले जिल्लाको नाशु गाउँपालिकामा गाउँपालिकाको कार्यालय, इलाका प्रहरी कार्यालय, प्राइम बैंक र प्रभु बैंकको कार्यालय बगाएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।
त्यस्तै मनाङको ठाडेखोलामा आएको बाढीले धेरै घर बगाएको जानकारी आएको छ । बाढीका कारण स्थानीय त्रासमा छन् । संभव भएसम्म मानिसहरु सुरक्षित स्थानतर्फ स्थानान्तरण भैरहेका छन् । पानी नरोकिएका कारण अझै क्षती हुनसक्ने आंकलन गरिएको छ ।
त्यहाँका स्थानीय, जनप्रतिनिधिहरु, सुरक्षा निकाय उद्दार कार्यमा जुटिरहेका छन् ।