गन्थन डेस्क ।
गण्डकी प्रदेश सरकारले कोरोना संक्रमणबाट मृत्यु भएका फ्रन्टलाइनरका परिवारलाई नगद राहत दिने भएको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले प्रदेश सभामा सरकारको आगामी वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संक्रमणबाट मृत्यु भएका फ्रन्टलाइनरका परिवारलाई नगद राहत दिइने जानकारी दिइन् ।
आज प्रस्तुत नीति तथा कार्यक्रममा कोभिड १९ को संक्रमणका कारण बाबु वा आमा गुमाएका बालबालिकाहरुलाई र संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगाएतका आम नागरिकका परिवारलाई नगद राहत उपलब्ध गराइने उल्लेख छ ।
गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको बनेको नयाँ सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।