प्रदेशको नीति तथा कार्यक्रममा नै प्रतिपक्षको प्रारम्भिक टिप्पणी

गन्थन डेस्क ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमालृ) संसदिए दलका नेता पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा थप नयाँ कार्यक्रम १२ वटा मात्र आएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।

यस्तै नेकपा एमालेकै रामशरण बस्नेतले नगद राहत दिने कार्यक्रमले बेठीक भएको प्रतिक्रिया दिँदै विरोध गरेका छन् । उनले यो कार्यक्रम कार्यकर्ता पोष्ने काम हुने प्रतिक्रिया दिए ।

कोरोनाका कारण ज्यान गुमाएका परिवारलाई नगद राहत दिने नयाँ कार्यक्रम अहिलेको गण्डकी सरकारले ल्याएको थियो । कार्यक्रम अन्तरगत कोभिड १९ को संक्रमणका कारण बाबु वा आमा गुमाएका बालबालिकाहरुलाई नगद राहत साथै संक्रमणका कारण जीवन गुमाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगाएतका आम नागरिकका परिवारलाई नगद राहत उपलब्ध गराइने उल्लेख छ ।

कमेन्टहरु
Loading...