एमालेकै सांसदले पनि संसद विघटन नगर्न गुरुङलाई अनुरोध

गन्थन डेस्क ।

एमालेका सांसद इन्द्रलाल सापकोटाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई संसद विघटन नगर्नका निम्ती अनुरोध गरेका छन् ।

उनीसहित ३ जना सांसदले पनि संसद विघटन नगर्नका लागि अनुरोध गरेका हुन् । उक्त ३ जना सांसदले संसद विघटन गराएमा पृथ्वीसुब्बा गुरुङसरकारलाई समर्थन गर्न नसकिने र विरोध गर्ने जनाएका छन् ।

सापकोटा माधव नेपाल निकटका नेता हुन् ।

कमेन्टहरु
Loading...