गन्थन डेस्क ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा गण्डकी प्रदेश प्रमुखको कार्यालयमा प्रवेश गरेका छन् । पार्टीले आफुलाई गरेको कारवाही गैह्रकानुनी भएको भन्दै प्रदेश प्रमुखको कार्यालयमा प्रवेश गरेका भन्ने श्रोतको दावी छ ।
गण्डकी प्रदेशमा हिजो भएको गुरुङ सरकारको विश्वासको मतको मतदानमा सांसद थापाले पार्टीको ह्वीप विपरित फ्लोर क्रस गरेकाकाले पार्टीले सांसद पदबाट खारेजीको पत्र दर्ता गराएको थियो ।
सांसद थापाले गठबन्धनकाे सरकारलाई जनमोर्चाको साथ नरहेको ब्यहोराको पत्र दिन गएको भन्ने आशंका गरिएको छ ।
यद्यपी प्रदेश प्रमुखलाई भेटको कारणका विषयमा सांसद थापाले खुलाउन चाहेनन् ।
यता हिजो मात्रै ३१ मतको दावी सहित कृष्णचन्द्र नेपालीलाई मृख्यमन्त्री बनाउने दावी सहित जनमोर्चासहितको विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा पत्र पेश गरेको थियो ।
यसरी यो घटनालाई हेर्दा प्रदेश प्रमुखले विपक्ष गठबन्धनकोे बहुमत नपुगेको भन्दै संसद विघटनको बाटो हुँदै मध्यावधि घोषणा हुने देखिएको छ ।