गन्थन डेस्क ।
गण्डकी प्रदेशमा सत्ता पक्षले संसद विघटनको तयारी गरिरहेको छ । सत्ता पक्षले प्रदेश प्रमुखको सिफारिसमा राष्ट्रपति मार्फत बिघटनको तयारी गरिरहेको विशेष श्रोतले जनाएको छ ।
गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङले शुक्रबार विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार बनाउन आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि संसद विघटनको तयारी गरिएको जनाइएको छ ।
शुक्रबारनै प्रदेश प्रमुख सिता कुमारी पौडेलले नयाँ सरकार गठनका लागि नेपाल संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गर्न २४ घण्टे अल्टिमेटम दिएकी थिइन् ।
सत्ता पक्षको यो प्रयास कति सफल हुन्छ त्यो भने हेर्न बाँकी छ ।
त्यस्तै सोही पक्षले कुन धारा प्रयोग गरेर अगाडी बढ्न सकिन्छ भन्ने विषयमा कानुनविदहरुसँग छलफल गरिरहेका छन् ।