नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेको रहस्य खुलेको बताएका छन् ।
बागमती प्रदेशसभाको बैठकमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्सेस कोही बन्न तयार नभए आँफै गोड्से बन्न तयार रहेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई मार्ने धम्की दिएपछी बास्कोटाले उक्त भनाईले प्रधानमन्त्री माथिको गम्भिर षडयन्त्र भइरहेको हुन सक्ने तर्फ सचेत गराएका छन् ।
‘केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ।नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छर ? ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैन ? काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ। एमालेहरु सचेत बन।’, बाँस्कोटाले ट्विटमा उल्लेख गरेका छन् ।
बागमती प्रदेशसभा नरोत्तम वैद्यले महात्मा गान्धीको हत्यारा नाथुराम गोड्सेको नाम लिदै प्रम ओली विरुद्ध आफू गोड्से बन्न तयार रहेको बताएका थिए ।
वैद्यले भने ‘खड्ग प्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, उनले भने, ‘अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु।’
केपी ओली नमारे कँङ्ग्रेसले नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुदै रहेछ।नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ?ओली बिरोधी गठबन्धन नै यसमा सामेल त छैन? काँङग्रेसको आधिकारिक भनाई चाहिन्छ।एमालेहरु सचेत बन।
— Gokul Prasad Baskota (@GokulPBaskota) June 11, 2021