पोखरा । गण्डकी प्रदेश सरकार गठनमा बहुमत दावी गर्नका लागि नेपाली कांग्रेस , नेकपा माओवादी केन्द्रसहितका गठबन्धनका सांसदहरु प्रदेश प्रमुखको कार्यलय पुगेका छन् ।
विपक्षी गठबन्धनले सांसदहरुलाई भौतिक रुप मै उपस्थित गराएर गन्ती गर्दै गेट मार्फत प्रदेश प्रमुखको कार्यलय भित्र प्रवेश गराइराखेका छन् ।
त्यसअघी सांसदहरुलाई गण्डकी प्रदेश सभा रहेको पोखरा सभागृहमा जम्मा गराइएको थियो ।
विपक्षी गठबन्धनले नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा अगाडी बढाएका छन् ।