३१ सांसदसहित बहुमत दाबी गर्न प्रदेश प्रमुख कार्यलय जाँदै गठबन्धन

पोखरा । गण्डकी प्रदेश सरकार गठनका लागि  विपक्षी गठबन्धनले आज नै बहुमत दाबी गर्ने भएको छ ।

प्रदेश प्रमुखको कार्यलयमा बहुमत ३१ जना सांसद भौतिक रुपमै उपस्थित हुने भन्दै गण्डकी प्रदेश सभामा सांसदहरु जम्मा हुने क्रम सुरु भएको छ ।

विपक्षी गठबन्धनले आफुँसंग ३१ जना सांसदकै हस्ताक्षर रहेको दाबी गरेको छ ।

राष्ट्रिय जनमोर्चाका कृष्ण थापालाई कारबाही गरेसँगै सरकार गठनका लागि बहुमत पुराउन ३० सांसद भए पुग्नेछ ।

कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङे १ गरेर विपक्षी गठबन्धनसँग ३१ सांसद छन् । बहुमत सांसद पुगेपछि गण्डकी प्रदेशमा विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना भएको छ ।

कमेन्टहरु
Loading...