को हुन् मुख्यमन्त्री कृष्णचन्द्र नेपाली ?

काठमाडौं ।  नेपाली कांग्रेस गण्डकी प्रदेश सभाका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् ।

वि.सं २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मिएका उनका पीता नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रजातन्त्र सेनानी गोवर्द्धन शर्मा हुन् ।

२०७३ सालमा नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद पोखरेल २०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका थिए ।

उनी २०७० सालको प्रतिनिधिसभा निर्वाचनमा थोरै मतले पराजित भएका थिए ।

विद्यार्थी कालदेखि नै राजनीतिमा प्रवेश गरेका उनी पटक पटक जेल गएका थिए।

 

कमेन्टहरु
Loading...