खेलकुद मन्त्री दिपक मनाङेद्धारा राजिनामा (पत्रसहित)

पोखरा । गण्डकी प्रदेशका खेलकुद मन्त्री दिपक मनाङेले राजीनामा दिएका छन् ।

उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भइसकेको अबस्थामा मन्त्री भइराख्न नैतिक रुपमा नमिल्ने भन्दै राजिनामा दिएको बताएका छन् ।

उनले संसद बचाउ विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने उद्धेश्यले आफु विश्वासको मत लिने निर्णयार्थ पेश हुने दिन अनुपस्थित भएको स्पष्ट पारेका छन् ।

यद्यपी मुख्यमन्त्री कार्यलयले भने राजिनामा पत्र नआएको स्पष्ट पारेको छ ।

मुख्यमन्त्रीको प्रेस सल्लाहकार विक्रम न्यौपानेले मनाङेको राजिनामा आधिकारिक रुपमा कार्यलय सम्म नआइपुगेको जानकारी दिए ।

No description available.

कमेन्टहरु
Loading...