सरकारको प्रवक्तामा नैनकला

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले पाएकी छन् ।

मन्त्रिपरिषद्ले पूर्णता पाएपछि आज बसको मन्त्रिपरिषद्को बैठकले उनलाई प्रवक्ता जिम्मेवारी दिने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

सिंहदरबारमा बसेको पहिलो बैठकमा प्रधानमन्त्रीले मन्त्रीहरुको काम कर्तव्यबारे सम्झाएका थिए ।

कमेन्टहरु
Loading...