जोगिएन गुरुङ सरकारः ​कृष्ण थापा तटस्थ, खिम विक्रम विपक्षमा

पोखरा ।

गण्डकी प्रदेश सभामा आज मुख्यमन्त्रीले राखेका विश्वासको मतमा मतदान भैरहँदा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे भने खिम विक्रम शाहीले विपक्षमा मतदान गरेका छन् । यद्यपी जनमोर्चाले विपक्षमा मतदान गर्न आफ्नो सांसदलाई ह्वीप जारी गरेको थियो । पार्टीको ह्वीपलाई उल्लंघन गर्दै थापाले भने मतदान नै नगरी तटस्थमा बसेका छन् ।

त्यस्तै गुरुङ सरकारकै मन्त्रीमण्डल सदस्य युवा तथा खेलकुद मन्त्री राजिब गुरुङले समेत विपक्षलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

अहिले भएकाे मतदानमा २७ सांसदले पक्षमा र ३० सांसदले विपक्षमा मतदान गरेका छन्भने १ तटस्थ र १ जना अनुपस्थित रहेका छन् ।

योसँगै विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको छ ।

कमेन्टहरु
Loading...