गन्थन डेस्क ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई बिश्वासको मत नदिनका लागि नेपाली काँग्रेस ,एमाओबादी राष्ट्रीय जनमोर्चा र जनता समाजवादी पार्टीले गुरुङ सरकारको बिपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
संसदमा बोल्दै समाजवादी पार्टीका सांसद हरिशरण आचार्य र जनमोर्चाकी सांसद पियारी थापाले गुरुङ सरकारको बिपक्षमा मतदान गर्ने जानकारी गराए ।
माओबादी र काँग्रेसले पनि गुरुङ सरकारलाई मतदान नगर्न ह्विप जारी गरेको छ । जनमोर्चाका सांसद कृष्ण थापाले ह्विप मान्छन कि नाइ त्यो भने हेर्न बाँकी छ । अहिलेसम्म गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङभने अहिलेसम्म सभा हलमा उपस्थित भएका छैनन् ।