संसद भवनमा आसेपासेलाई मात्र खोप लगाएको भन्दै सांसदकै बिरोध(अडियो सहित)

  • सौगात पोखरेल

देशभर कोरोना संक्रमण बढ्दै गर्दा जनताले यतिबेला खोपको माग बढिरहेको छ । खोप अनियमितताको बिषयलाई लिएर यतिबेला देशभर बिबाद भएको छ । देशमा जस्तै गण्डकी प्रदेशमा पनि खोपको बिषयलाई लिएर गण्डकी प्रदेश सांसदहरु पनि अछुतो रहेनन् । सांसद , सांसदका स्वकिय सचिव , सवारीचालक र पिएसओ खोप लगाउने भनिए पनि सांसदका आशेपासेलाई खोप लगाएको रहस्य खुलेको छ ।

प्रदेश सभा सदस्यहरुले आफ्नो पहुँचका आफ्ना आफन्त र आसेपासेलाई खोप लगाईएको सांसद सचिवालयका एक कर्मचारीले बताए । ति कर्मचारीका अनुसार सांसदहरुले तोकिएको व्यक्ति भन्दा पनि नचिनिएका फलानो सांसदले पठाएको खोप लगाउनेको संख्या बढि थियो । खोप लगाउने ठाउँमा सांसदका आँफु निकट दलका सदस्य,परिवार र आफन्तहरु देखिएकाले एमाले कास्कीबाट निर्वाचित कृष्ण थापाले सांसद सचिवालयमा खोपको अनियमितको बिषयमा चर्को बिरोध गरेको थिए ।

आम जनता खोपको प्रतिक्षामा बसिरहेको यो समयमा खोपमाथी सांसदजस्तो जिम्मेबार पदमा बसेर आसेपासे मात्र बचाउनेजस्तो कुराको जति निन्दा गरे पनि कम हुन्छ । आज गण्डकी प्रदेश सभा परिसरमा भएको खोप लगाउने कार्यक्रममा सत्ता पक्ष र बिपक्ष रहेका केहि सांसदहरु आफ्ना आसेपासे र आफन्तसहित प्रदेश सभा प्रवेश गरेर खोप लगाएका थिए ।

अनाधिकृत व्यक्तिले खोप लगाएपछि स्वास्थ्यकर्मीले प्रश्न उठाएपछि केहि समय हल्लीखल्ली समेत भएको थियो । हल्लीखल्ली भएपछि खोप लगाउन गएका केहि व्यक्ति खोप नै नलगाईकन प्रदेश सभाबाट बाहिरिएका थिए ।

प्रदेश सभाजस्तो गरिमामय स्थानमा त खोपको दुरुप्रयोग हुन्छ भने स्थानिय तहसम्म पुग्दा खोप राजनीतिले कति बिकृत रुप लिन्छ सजिलै अनुमान गर्न सकिन्छ । खोप सामान्य जनतासम्म पु¥याउनका लागि सबैले आ–आफ्नो ठाउँबाट खबरदारी र निगरानी गरौँ ।

सांसद कृष्ण थापाले संसद सचिवालयलाई थर्काउदै

कमेन्टहरु
Loading...