गण्डकी प्रदेशको अबको बाटो ‘ मध्यावधी कि सहमतीय सरकार ?’

  • सौगात पोखरेल

पोखरा\गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारलेल बिश्वासको मत लिने समय नजिकिँदै गर्दा गण्डकी प्रदेश सरकारको अवको बाटो के हुन्न भन्ने बिषय मुख्य बनेर आएको छ । सर्वोच्चले राष्ट्रीय जनमोर्चाका सांसद कृष्ण थापाको पदलाई थमौती गर्दिएसँग गण्डकी प्रदेशको राजनीतिमा नयाँ खालको तरङ्ग सिर्जना भएको हो ।
कृष्ण थापाको पद थमौती भएसँगै गण्डकी प्रदेश सभामा सत्ता पक्ष र प्रतिपक्ष दुवै अल्पमतमा परेको देखिन्छ । आगामी रणनीति बनाउनका लागि सोमबार सबै राजनीतिक दलहरु आन्तरीक छलफलमा ब्यस्त रहेका थिए । माओबादी संसदीय दलको बैठकमा सभामुखले राजिनामा दिएर बहुमत पु¥याउन सकिने नसकिने बारेमा पनि छलफल भएको बुझिएको छ । बैठकले सभामुखले के गर्ने भन्ने कुराको जिम्मा पार्टी केन्द्रलाई दिने र सभामुखले राजिनामा दिने कुराको प्रयोग नयाँ भएकाले कानुन व्यबसायीसँग परामर्श गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेश जनता समाजबादी पार्टीको बैठकले गुरुङलाई बिश्वासको मत नदिने बरु गठबन्धनलाई बलियो बनाउन लाग्ने निर्णय गरेको छ । बैठकमा केहि नेताहरुको गुरुङ सरकारमा सहभागि बन्नुपर्ने धारणा समेत रहेको एक नेताले बताए । यसैगरि राष्ट्रीय जनमोर्चा पनि पार्टीको आन्तरीक छलफलमा व्यस्त भयो । छलफलले गठबन्धनका पक्षमा दृढता पुर्वक उभिने निर्णय गरेको संसदीय दलकी नेता पियारी थापाले बताईन् ।
पछिल्लो समय बिकसित घटना क्रमलाई नजिकबाट नियाल्ने हो भने गण्डकी प्रदेश सभाबाट न गुरुङ नेतृत्वको सरकारले बिश्वासको मत पाउने देखिन्छ नत गठबन्धनको सरकार नै बन्ने देखिन्छ । अबको बिकल्पको भनेको प्रदेश सभा बिघटन र मध्यावधी निर्वाचान घोषणा हुने देखिन्छ । त्यसो नहुनका लागि सहमतीय सरकार निर्माण हुन आवश्यक हुन्छ । तर त्यसको संभावना अन्याधिक कम रहेको राजनीतिक बिश्लेषकहरु बताउँछन् ।

कमेन्टहरु
Loading...