काठमाडौं ।
आज नेपाल र जोर्डनको फुटबल खेल हुने भएको छ । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्ने भएको हो।
खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुनेछ । राति ९ः४५ बजे खेल सुरु हुने जनाइएको छ ।