कोरोना रिपोर्ट नेगेटिभ आयो तर मृत्युसँग हारे उज्वल थापा

पोखरा/केहि समयदेखि कोरोना संक्रमणको कारण उपचार गराईरहेका बिवेकशिल नेपालीका संस्थापक संयोजक उज्वल थापाको मेडिसिटि अस्पतालमा निधन भएको छ । बैकल्पिक राजनीतिका अभियान्ता थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको भएपनि मृत्युसँग भने हारेको छन् ।


नेपाल बन्दलाई सधैको लागि बन्द गरौँ भन्ने. अभियानका अभियान्ता थापाको निधनले बैकल्पिक राजनीतिलाई ठुलो क्षति पुगेको छ । उनको उपचारमा खर्च अभाव भएपछि उनको उपचारको लागि सहयोग अभियान चलाएको एक दिनमा नै पचास लाख बढि संकलन भएको थियो । उनको उपचारको बिषयलाई लिएर देशभर बहस भएको थियो ।
नेपाली राजनीतिलाई सुधार गर्नका लागि थापाले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दा समाजिक संजालमा उनको सिघ्र स्वास्थ्यलाभको कामना गरिरहेका थिए । अस्पताल प्रशासनले उनको मृत्यु भएको आधिकारीक जानकारी गराएको थियो । अस्पताल प्रशासनका कारण उनको कोरोना रिपोर्ट नेगेटिभ आएको भएपनि शरिरका अंगहरुले काम गर्न नसक्दा उनको निधन भएको बताएको छ ।

कमेन्टहरु
Loading...