लमजुङलाई २ अर्ब ८४ करोडको बजेट विनियोजन

लमजुङ ।
आगामि आर्थिक वर्षका लागि लमजुङका स्थानिय तहलाई २ अर्व ८४ करोड ६७ लाख रुपैया विनियोजन भएको छ । चालु आर्थिक वर्षमा भन्दा आगामि आर्थिक वर्षका लागि सरकारले लमजुङ जिल्लालाई ७ करोड ३१ लाख बढी रकम विनियोजन गरेको हो । आर्थिक वर्ष ०७७÷०७८ को लागि लमजुङका आठ स्थानिय तहलाई दुई अर्ब ७७ करोड ३६ लाख रुपैया विनियोजन भएको थियो ।

आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको वजेट अनुसार जिल्लाका आठ स्थानीय तहमध्ये सदरमुकाम समेत रहेको बेसीशहर नगरपालिकाले सवैभन्दा धेरै ४६ करोड ३५ लाख वजेट पाउने भएको छ । नगरपालिकाले प्राप्त गर्ने बजेट मध्ये समानिकरण अनुदान तर्फ १४ करोड २६ लाख, सशर्त अनुदान तर्फ २९ करोड ६२ लाख, विशेष अनुदान तर्फ एक करोड आठलाख र समपुरक तर्फ एक करोड २९ लाख रुपैया विनियोजन भएको छ । यस्तै जिल्लाको मध्यनेपाल नगरपालिकाले ४० करोड ७८ लाख वजेट पाउने भएको छ । नगरपालिकाले प्राप्त गर्ने बजेट मध्ये समानिकरण अनुदान तर्फ १० करोड ४० लाख, सशर्त अनुदान तर्फ ३० करोड ३८ लाख रुपैया विनियोजन भएको छ । जिल्लाको गाउँपालिका मध्येपनि सवैभन्दा धेरै दोर्दी गाउँपालिकाले ३८ करोड ७९ लाख रुपैया बजेट पाएको छ ।

जसमध्ये समानिकरण तर्फ आठ करोड ७७ लाख, सशर्त तर्फ २३ करोड ९८ लाख, विशेष तर्फ तिन करोड ५३ लाख र समपुरक तर्फ दुई करोड ५१ लाख रुपैया विनियोजन भएको छ । यसैगरी मस्र्याङदी गाउँपालिकाले ३२ करोड ६० लाख रुपैया पाउने भएको छ । गाउँपालिकाले समानिकरण तर्फ आठ करोड ९५ लाख, सशर्त तर्फ २३ करोड ६५ लाख रुपैया पाएको छ । जिल्लाको विकट मध्येको क्होलासोँथार गाउँपालिकाले भने २३ करोड २२ लाख बजेट पाएको छ । जसमध्ये समानिकरण तर्फ ६ करोड ९९ लाख, सशर्त तर्फ १३ करोड ९३ लाख र समपुरक तर्फ ५१ लाख रुपैया पाउने भएको छ ।

जिल्लामा सवैभन्दा थोरै बजेट दुधपोखरी गाउँपालिकाको निम्ती आएको छ । दुधपोखरी गाउँपालिकाको निम्ती २० करोड ९२ लाख रुपैया विनियोजन भएको । जसमध्ये समानिकरण तर्फ ६ करोड ९९ लाख, सशर्त तर्फ १३ करोड ९३ लाख, विशेष तर्फ ६० लाख रुपैया मात्र विनियोजन भएको छ । गाउँपालिका तर्फ पनि मस्र्याङदी र दुधपोखरी गाउँपालिकाको निम्ती विशेष र समपुरक अनुदान विनियोजन भएको छैन भने क्होलासोँथार गाउँपालिकाको लागि विशेष अनुदान राखिएको छैन ।

चार वटा नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा नगरपालिकाको लागि मात्रै १ अर्व ९६ करोड १४ लाख रुपैया विनियोजन भएको छ भने गाउँपालिकाको लागि एक अर्व १५ करोड ५३ लाख रुपैया विनियोजन भएको छ । चालु आर्थिक वर्षमा भने वेसीशहर नगरपालिकाले ३९ करोड ८९ लाख, सुन्दरवजार नगरपालिकाले ३९ करोड ५८ लाख, मध्यनेपाल नगरपालिकाले ४२ करोड ७४ लाख र राइनास नगरपालिकाले ४१ करोड ६ लाख बजेट पाएको थियो ।

यस्तै दुधपोखरी गाउँपालिका २४ करोड ५४ लाख क्होँलासोथर गाउँपालिकाले २२ करोड ४७ लाख, मस्र्याङदी गाउँपालिकाले ३२ करोड ६ लाख र दोर्दी गाउँपलिकाले ३४ करोड ७५ लाख रुपैया पाएको थियो । जिल्लाको राईनास नगरपालिले भने ३८ करोड ५९ लाख रुपैया पाउने भएको छ । जसमध्ये आठ करोड ९६ लाख रुपैया समानिकरण, २७ करोड ९७ लाख रुपैया सशर्त अनुदान तर्फ रहेको छ ।

राईनास नगरपालिकाले एककरोड ३९ लाख रुपैया विशेष अनुदान र २७ लाख रुपैया समपुरक अनुदान पनि पाउने भएको छ । यसैगरी जिल्लाको सुन्दरवजार नगरपालिकाले पाउने ४३ करोड ४२ लाख मध्ये ११ करोड नौलाख समानिकरण तर्फ र ३१ करोड ४२ लाख रुपैया सशर्त अनुदान रहेको छ । सुन्दरवजार नगरपालिकाको लागि ९१ लाख रुपैया विशेष अनुदान रहेको छ ।

कमेन्टहरु
Loading...