काठमाडौं । जनता समाजवादी पार्टी संद्यिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकारले प्रस्तुत गरेको बजेटलाई एमालेको घोषणा पत्रको संज्ञा दिएका छन् ।
भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘अर्थमन्त्री मार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन।सिधासादा मतदातालाई ललीपप बॉडेको देखियो।’
उनले बजटेमा घिसेपिटेका नारा र कार्यक्रम भेटिएको भन्दै पपुलिज्म बजेट भएतापनि सिर्जनात्मकता नदेखिएको बताएका हुन् ।
‘पपुलिज्ममा पनि खासै सिर्जनात्मकता देखिएन।उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो। एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो’,उनले ट्विटमा थप भनेका छन् ।