काठमाडाैं ।
देशभर कोरोना संक्रमणको दर बढ्दै गर्दा गोरखाको बारपाक गाउँमा कोरोना रोगसँग मिल्दोजुल्दो लक्षण भएको रोगको कारण ज्यान गुमाउनेको संख्या बढेको छ ।
कोरोनासंग मिल्दोजुल्दो लक्षण भएपछि कोरोना परिक्षणका लागि एन्टिजेन किट र पिसिआरका लागि भिटिएम किटसहित गएको घुम्तिटोलीसंग परिक्षण गर्न नमानेपछी गाउ नै उक्त रोगले आक्रान्त बनेको छ । रोगले गाउँनै आक्रान्त बनेपछी केहि ब्यक्तिको कोरोना परिक्षण गर्दा धेरैमा कोरोना संक्रमण पुष्टी भएको गाउँपालिका प्रमुख बिष्णुभट्टले बताए ।
भट्टका अनुसार कोरोना रिपोर्ट आउन ढिला भएको कारण अबस्था भयावह भएको हो । पिसिआर परिक्षणको रिपोर्ट बाह्रदिनपछि आएको कारण पनि रोग फैलिएको भट्टले जिकिर गरे । अबस्था भयावह बनेपछि आज जिल्ला ,प्रदेश र केन्द्रको टोली जनप्रतिधीसहित टोली स्वास्थ्य शिविर संचालन गर्नका लागि बारपाक हिडेको बताए ।
समुदायका ब्यक्ति कोरोना परिक्षण गर्नका लागि आनाकानी गरेका कारण मोटिभेसनका लागि जनप्रतिनिधि पनि बारपाक जान लागेको भट्टले बताए । आज बारपारमा ठुलो मात्रामा एन्टीजेन किट लगेर परिक्षणको दायरा बढाउन लागिएको भट्टले बताए ।
अज्ञात रोगले दैनिक दुइतिन जनाको मृत्यु भएपछि गाउँनै त्रासमा बाँचेको स्थानिय तेज गुरुङले बनाए । गुरुङका अनुसार बारपाकमा स्वास्थ्य शुरक्षा सामाग्रीको पनि अभाब भएको बताए । बारपाकमा करिब पन्ध्रसय घरधुरी र पाँच हजार बढि बसोबास गर्दै आएका छन् ।