भारतमा झन्डै ९ हजार जनामा ‘कालो ढुसी’को सङ्क्रमण

एजेन्सी ।
भारतमा म्यूकोर्माइकोसिस अर्थात् ‘कालो ढुसी’ को सङ्क्रमण भएका ८ हजार ८ सय जनाभन्दा बढी बिरामी फेला परेका छन्।

प्रायः दुर्लभ मानिने यो रोग अहिले प्रकोपका रूपमा फैलिरहेको जनाइएको छ। कोभिड भएर निको हुके क्रममा रहेका मानिसहरू यसबाट पीडित भएको पाइएको छ।

यो रोगमा मृत्युदर ५० प्रतिशत भएको बताइन्छ। सङ्क्रमितलाई जोगाउन शल्यक्रिया गरेर आँखा फाल्नुपर्ने अवस्था पनि आउने गरेको बिबिसीले लेखेको छ।

कमेन्टहरु
Loading...