अमेरिकाको ओहायोमा गोली चल्दा कम्तीमा तीनको मृत्यु, पाँच घाइते

आइतबार ओहायोको योङ्सटाउनमा गोली चल्दा तीन व्यक्तिको मृत्यु भएको छ । भने कम्तीमा पाँच व्यक्ति घाइते भएका छन् ।

पीडितहरुलाई सेन्ट एलिजाबेथ योङ्सटाउन अस्पताल लगिएको छ । योङ्सटाउन प्रहरी विभागको लेफ्टिनेंट रदरफोर्डको भनाइ उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले भनेको छ, “ आइतबार बिहानै २ बजेको समयमा एउटा बारमा गोली चलेको खबरपछि स्थानीय समय अनुसार बिहान २ बजे प्रहरीलाई योङ्सटाउनको टर्च क्लब बार बोलाइएको थियो ।

सीएनएनका अनुसार सम्भावित संदिग्ध व्यक्तिहरू वा गोली चल्नुको कारणबारे प्रहरीले अन्य कुनै विवरण उपलब्ध गराएको छैन । घटनास्थललाई प्रहरीले घेरेर अनुसन्धान थालेको बताइएको छ ।

कमेन्टहरु
Loading...