जिल्ला अस्पताल लमजुङमा अक्सिजनप्लान्ट जडान

लमजुङ संवादाता । जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

कोरोना संक्रमितका बिरामी बढ्दै गएपछि उनीहरूको उपचारमा सहजका लागि र अक्सिजनको कमीका कारण कसैको पनि अकालमा ज्यान जाने स्थिति नहोस् भन्नका लागि उक्त प्लान्ट जडान गरिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताए । उक्त प्लान्टको जडान कार्य जिल्ला अस्पतालको हातामा गरिएको छ ।

अक्सिजन प्लान्ट मेसिनको विशेषताका बारेमा प्रकाश पार्दै जिल्ला अस्पतालका प्रमुख श्रेष्ठले भने ‘मेसिन स्वचालित हो, यो सिडिन्डरमा अक्सिजन २५ प्रतिशतभन्दा कम भएपछि आफै खुल्ने र सिलिन्डर भरिएपछि आफै बन्द हुने हुन्छ । उनका अनुसार अब २४ घण्टामा १५ वटा ठूलो सिलिण्डर भरिने गरी अक्सिजन उत्पादन हुन्छ ।

एउटा सिलिण्डरमा १५० केजी अर्थात छ हजार लिटर हुन्छ । यो एक सिलिन्डरको मूल्य सरकारी दररेट २५ हजार रहेको जिल्ला अस्पतालका प्रमुख श्रेष्ठले जानकारी दिए ।

लमजुङ जिल्लामा जडान गरिएको यो पहिलो पटक अक्सिजन प्लान्ट हो । उक्त अक्सिजन प्लान्ट जिल्ला अस्पतालमा जडानका लागि प्रदेश सरकारद्वारा स्वास्थ्य कार्यलय मार्फत अक्सिजन प्लान्ट आएको हो ।

कमेन्टहरु
Loading...