प्रधानमन्त्री राष्ट्रपतिको कदम असंबैधानिक – बिपक्षी दल

पोखरा/ओली र देउवाको प्रधानमन्त्रीमा दावी नपुगेको भन्दै राष्ट्रपतिले संसद बिघटन गरेर मध्याबधी निर्वाचन घोषणा गरेसँगै पछिल्लो घटनाको बिषयमा काँग्रेस ,माओबादी ,जनता समाजबादी , एमाले (माधबसमुह) र जनमोर्चाको नेताहरुको बैठकले राष्ट्रपतिको कदम असंबैधानिक भएको निष्कर्श निकालेको छ ।
बिपक्षी दलको बैठकमा राष्ट्रपति कदमको प्रतिबाद गर्ने पनि निर्णय गरेको छ भने बैठकले जनतालाई राष्ट्रपति कदमको डटेर प्रतिबाद गर्न आग्रह गरेको छ । बैठकले देउबाको पक्षमा हस्ताक्षरसहित प्रस्तुत हुँदा पनि प्रधानमन्त्री नियुक्त नगरेर संसद बिघटनजस्तो हर्कत गरेकोमा निन्दा गरेको छ ।
कोरोना संक्रमणको समयमा निर्वाचनको घोषणा गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले जनताको स्वास्थ्यमाथी गम्भिर खेलवाड गरेको आरोप लगाएका छन् ।
बिपक्षी दलको बैठक सकिएसँगै दलका नेताहरुले यस्तो बिज्ञप्ती सार्वजानिक गरेका छन् ।

कमेन्टहरु
Loading...