पोखरा\प्रधानमन्त्री केपि शर्मा ओलीले आफ्नो पक्षमा रहेको भन्दै हस्ताक्षर लिएर गएका नेताहरु देउवासँग शितल निबास पुगेपछि राष्ट्रपति अफ्ठ्यारोमा परेकी छन् । प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा रहेका भनेका सांसदहरु डा. बाबुराम भट्टराई ,उपेन्द्र यादव लगायतका जसपाका नेताहरु र उनकै पार्टीका नेताहरु देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित शितल निवास पुगेपछि राष्ट्रपति बिद्यादेबी भण्डारीलाई नयाँ प्रधानमन्त्री चयन गर्न गाह्रो भएको छ ।
ओलीले जसपा सबै सांसदहरु र माधब नेपाल समुहका पनि सबै सांसदहरुको हस्ताक्षर लिएर शितल निवास पुगेका थिए । तर माधब नेपाल पक्षका सांसदहरु र जसपा यादब र भट्टराई पक्षका सांसदहरु भने देउवालाई प्रधानमन्त्री बनाउने पत्रमा हस्ताक्षर गरेर शितल निवास पुगेका थिए ।
देउवाले १४९ को हस्ताक्षरसहित र ओलीले १५४ को हस्ताक्षरसहित प्रधानमन्त्रीको दावा गरेका छन् । राष्ट्रपतिले कस्लाई नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गर्छिन त्यो भने हेर्न बाँकी नै छ ।
२०८२ भाद्र १० गते मंगलवार