ओलीको बहुमतमा एमालेका १ सय २१, जसपाको ३२ सांसदको हस्ताक्षर

नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) वमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका छन् ।

दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लहाकार विष्णु रिमालल जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...