पोखरा/नेपाल सरकारका प्रधानमन्त्री केपि शर्मा ओलीले १३७ सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दावी प्रस्तुत गरेका छन् । नेकपा एमाले १२१ र जनता समाजबादी महन्थ ठाकुर र राजेन्द्र महत्तो समुहको १६ जना गरि १३७ जना सांसदको हस्ताक्षर सहित प्रधानमन्त्रीको दावी गरेका छन् ।
यद्यपी माधब नेपाल लगायतका केहिले देउवाको पक्षमा हस्ताक्षर गरिसकेका छन भने माधब नेपाल आँफै हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्री बनाउनका लागि शितल निवास पुगेका छन् । यस्तो अवस्थामा राष्ट्रपतिले कस्तो निर्णय लिन्छीन त्यो भने हेर्न बाँकी नै छ ।
प्रम ओली प्रतिपक्षी दलभन्दा केहि अघि मात्र हस्ताक्षर लिएर शितल निवास छिरेको स्रोतको दावी छ ।