सौगात पोखरेल
पोखरा । नयाँ सरकार गठन प्रक्रियाको समय सीमा सकिदै गर्दा प्रतिपक्षी दलहरु भने चुपचाप छन् । बिहान काँग्रेस सभापतिको निबासमा भएको प्रतिपक्षी दलको निर्णयसम्म सार्वजानिक नगरि नयाँ सरकार गठन प्रकृयामा उनीहरु सक्रिय बनेका छन् ।
माधब नेपाललाई प्रधानमन्त्री बनाउने गरि बिपक्षी दलले तयारी गरिरहेको बुझिएको छ । तर ढुलमुले स्वाभाबको आरोप खेपिरहेका माधब नेपालले खुट्टा टेक्छन् कि टेक्दैनन त्यो भने हेर्न बाँकी छ । माधब नेपालले प्रतिपक्षी दलसंग खुट्टा टेक्न सकेको खण्डमा मात्र ओली सरकारको बिकल्पमा अर्को सरकार बन्छ अन्यथा ओली सरकारको निरन्तरता संगै देश मध्यावधीमा जाने देखिन्छ ।
जनता समाजवादी पार्टीमा महन्थ ठाकुर र राजेन्द्र महत्तोले समर्थन नगर्ने अबस्थामा माधब नेपाल समुह सत्ता समिकरणमा निर्णायक देखिएको छ । यो समय माधब नेपाल समुहले आफ्नो अडान कायम राख्छ कि राख्दैन त्यो भने हेर्न बाँकी छ ।