पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
बुधवार मुख्यमन्त्री गुरुङले किरण गुरुङ,रामशरण बस्नेत , बिकास लम्साल र नरदेवी पुनलाई निरन्तरता दिदैं मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
चारै जना यसअघि मन्त्रिपरिषद्मा रहेका अनुहार हुन् । गुरुङ, बस्नेत , लम्साल र पुन क्रमश ः आर्थिक मामिला तथा योजना मन्त्री, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री ,भौतिक पूर्वाधार मन्त्री र सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा थिए ।
मुख्यमन्त्री गुरुङले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी किरण गुरुङलाई दिएका छन् भने अन्यलाई मन्त्रालय तोकिएको छैन । आजै बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ताको रुपामा रामशरण बस्नेतलाई जिम्मेवारी दिएको छ ।
प्रदेश प्रमुख सीता पौडेलले नवनियुक्त मन्त्रिहरुलाई सपथ ग्रहण गराएकी थिइन् ।