परिवर्तन नेपालले आज हेमजामा निशुल्क स्वाब संकलन गर्ने

राजु गिरी ।

परिवर्तन नेपाल नामक संस्थाले आज पोखरा २५ हेमजाका दुई ठाउँमा निशुल्क स्वाब संकलन गर्ने भएको छ । हेमजाकाे गौरी शंकर मावि र अम्विका माविबाट निशुल्क स्वाब संकलन गरिने संस्थाका सहसचिव अभिमन्यु पाण्डेले जानकारी दिएका हुन् ।

संस्थाले पछिल्लो समय निशुल्क स्वाब संकलन कार्यलाई निरन्तरता दिइरहेको छ । संस्थाले यसअघि पोखरा १८ र पोखरा २४ कास्कीकोटमा निशु्ल्क स्वाब संकलन गरिसकेको संस्थाका सचिव हरि कार्कीले जानकारी दिए ।

कमेन्टहरु
Loading...