लकडाउन सङ्क्रमण नियन्त्रण गर्न प्रभाबकारी: केजरीवाल

भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा बन्दाबन्दीको कारण सङ्क्रमण नियन्त्रणका लागि सहज बन्दै गएको मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार बताएका छन्।

राज्य सरकारले केन्द्रको समन्वयमा लकडाउन पुनः एक हप्ताका लागि बढाएको छ । मुख्यमन्त्री केजरीवालले लकडाउन थप एक साता बढाउने निर्णय भएको पुष्टि गरे ।

उहाँका अनुसार लकडाउन पहिले सङ्क्रमण दर ३५ प्रतिशतको हाराहारीमा रहेकोमा यसमा उल्लेख्य कमी आएको छ । आइतबार संघीय मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार दिल्लीको सङ्क्रमण दर १०.४० मा झरेको छ ।

दिल्लीमा जारी लकडाउन सोमबारदेखि थप एक हप्ता अर्थात् मे २४ सम्म लम्ब्याइएको छ ।

मुख्यमन्त्री केजरीवालले कोरोनाविरुद्धको भ्याक्सिन अभाव भएको भन्दै केन्द्र सरकारलाई पत्राचारसमेत गरेका छन् । खोपको अभाब नभएमा आगामी तीन महिनाभित्र सबैलाई पहिलो चरणको खोप लगाइसकिने पनि उनले बताए ।

कमेन्टहरु
Loading...