मुख्यमन्त्री गुरुङलाई खुल्ला पत्र–‘तपाईंलाई केजरीवाल बन्ने अवसर छ ’

 

मुख्यमन्त्री ज्यु नमस्कार

देशभर कोरोना महामारी छ । कोरोना संक्रमणको शिकारमा तपाईं पनि पर्नु भयो । पहिले तपाईंलाई सिघ्र स्वास्थ्य लाभको कामना छ । सुरुमा नै जानकारी गराउन चाहन्छु , म यो पत्र तपाईंलाई गाली गर्न वा भनौँ न तपाईंको आलोचनाको लागि लेखिरहेको छैन । कोरोनासँगको लडाईंमा मैले तपाईको अभिभावकीय भुमिका मात्र महशुस गर्न खोजेको हुँ ।
मुख्यमन्त्री जयु , तपाईंजस्तै गण्डकी प्रदेशमा हजारौँका संख्यामा जनताहरु कोरोनासँग लडिरहनु भएको छ । प्रदेशका जनताले यतिवेला आफ्नो अभिभाबकको खोजि गरिरहेको छ । त्यो सामाजिक संजालमा गालीको रुपमा होस या त आलोचनाको रुपमा नै किन नहोस । ति सबै जनतालाई तिमिहरुको अभिभावक जिम्मेबारपुर्वक लागेको छ भन्ने कुराको अनुभुति दिलाउन सायद तपाईं सफल हुनुहुन्छ भन्ने मेरो बिश्वास छ ।
चुनावको बेलामा बिभिन्न दलका झण्डा बाकेर हिडेका मतदाताहरुलाई आजको दिनमा देशका नेताहरु प्रति बिश्वास छैन । उनीहरु सामाजिक संजालमा बिदेशी नेताका फोटो हालेर त्यस्तै नेताको खोजीमा लागि परेका छन् । नेपालका राजनीतिक दल र नेता देखेर आजित हुँदै प्रश्न गर्ने जनताहरुलाई तपाईंले यो देशमा बिदेशमा भन्दा पनि राम्रा नेताहरु छन भनेर तपाईंले जवाफ दिनुपर्ने समय आएको छ ।
आजकाल समाचारमा बेड अभाव ,अक्सिजन अभावका खवरहरुले प्राथामिकता पाएको छ । देशभर जस्तै हाम्रो प्रदेशमा पनि ती खवरहरु नै मुख्य खवर बनेका छन् । तपाईं अध्यनशिल नेता मध्यमा पनि पर्नुहन्छ ति खवरबाट बेखवर हुनु भएको छैन होला मैले आशा गरेको छु ।
मान्छेहरु संकटको समयलाई लिएर निराशा मात्र बाड्छन । तर मलाई संकटको समयमा सकरात्मक इच्छाशक्ति भयो भने परिस्थितिलाई बदल्न सकिन्छ जस्तो लाग्छ । तपाईंले भारतको दिल्लि प्रदेशलाई हेर्नु भयो भने मात्र पनि पुग्छ । समस्याहरुकै चाँङमा उभिएर त्यहाँका मुख्यमन्त्री केजरीवाल कसरी जनताको मनमनमा बसेका छन् । समस्या भएकै कारण समधान पनि छ । तपाईं यो प्रदेशको अभिभाबक भएका कारणले हाम्रा समस्याहरुको समाधान गर्ने अवसर पनि तपाईंसँग छ । हाम्रो प्रदेशमा रहेको स्रोत र साधनलाइृ बैज्ञानिक ढङ्गबाट प्रयोग गर्न सकिएको खण्डमा हामीले कोरोना संगको लडाईमा छिट्टै बिजय प्राप्त गर्न सक्नेछौँ । हामीसँग प्रशस्त मात्रामा सरकारी भवनहरु छन् । त्यसलाई आइसोलेसन बनाउन समय लाग्दैन । प्रदेश सरकारको केहि योजनाहरुको बजेटलाई रकमान्तर गरेर कोभिड कोष मार्फत खर्च गर्ने हो भने पुर्वाधान निर्माणको काम लगभग महिना दिनमा सकिन्छ । अहिले देखिएको अक्सिजन ग्यास अभावको समस्या त प्रदेश सरकारले चाहेको खण्डमा पन्ध्र दिनमा नै पुरा हुन सक्छ ।
तपाई पनि क्वारेन्टाइनमा बसेर यस्तै केहि सोचिरहनु भएको होला । ती सोचेका कामहरु गर्दा केहि बिधि निति मिचिन्छ भने पनि तपाईं मिच्न तयार हुनुपर्छ । तपाई छिट्टो निको हुनुहोस सिङ्गो प्रदेशले आफ्नो अभिभाबक खोजेको छ । त्यो भाषणमा होईन रिजल्टमा खोजेको छ ।
यो पत्र लेख्नुको आशय अरु धेरै केहि छैन । बिन्ती हाम्रा प्रदेशका जनताहरुलाई कामले भनिदिनुस असल नेता खोज्न बिदेश पुग्नु पर्दैन गण्डकी प्रदेश आए हुन्छ ।

सौगात पोखरेल
पोखरा २६ कास्की

कमेन्टहरु
Loading...