पोखरा\गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएसँगै नयाँ सत्ता समिकरणमा निर्णायक भुमिकामा रहेको राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको संसदिय दलको बैठक चलिरहेको जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले बताए ।
यस अघिनै राष्ट्रिय जनमोर्चाले सत्ता समिकरणका लागि काँग्रेस नेतृत्वको गठबन्धनलाई सहयोग गर्न ह्विप नै जारी गरेको छ । सांसद र पार्टीको निर्णयमा बेमेल भएको भन्दै बिबाद मिलाउनका लागि बिगत केहिदिन देखि राष्ट्रिय जनमोर्चाको महासचिब मनोज भट्ट पोखरा बस्दै आएका छन् । आज बेलुकासम्म आफ्नो पार्टीले हस्ताक्षर गर्ने भट्टले बताए ।
पार्टीले गरेको निर्णयमा सबै सांसदहरुले सहमती जनाउने कुरामा ढुक्क रहेको भट्टले गन्थनलाई बताए ।
जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापा भने काँग्रेस नेतृत्वको सरकारलाई सहयोग गर्न आनाकानी गरिरहेका छन् । त्यसैले जनमोर्चाको आज बसेको संसदीय दलको बेठकलाई बिशेष महत्वका साथ हेरिएको छ । संसदीय दलको बैठकमा हुने निर्णयले गण्डकी प्रदेश सरकार कस्को बन्छ भन्ने कुराको निर्धारण गर्छ ।
गण्डकी प्रदेशमा कृष्ण थापा ,खिम बिक्रम शाही र पियारी थापा गरेर जनमोर्चाका तीन सांसद रहेका छन् ।