पोखरा/गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएपछि गण्डकी प्रदेश सरकार निर्माणका लागि सत्ता पक्ष र प्रतिपक्षको दौडधुप चलिरहेको छ । सरकार निर्माणको लागि जनमोर्चाले आफ्नो सांसदहरुलाई काँग्रेस नेतृत्वको सरकार निर्माण गर्नका लागि ह्विप जारी गरेको छ ।
गण्डकी प्रदेश सभाकी सचेतक पियारी थापा मगरले काँग्रेस नेतृत्वको सरकार निर्माणका लागि हस्ताक्षर गर्न ह्विप जारी गरेको छ । संघिय संसदमा पनि राष्ट्रिय जनमोर्चाले केपि ओली नेतृत्वको सरकारलाई बिश्वासको मत नदिने निर्णय गरेको छ ।