तीन दिनभित्र बहुमत सदस्यहरुको हस्ताक्षरसहित सरकारको नेतृत्व दावी गर्नुपर्ने

पोखरा/मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजिनामा दिएसँगै दलहरुले बहुमत प्रदेश सभा सदस्यहरुको हस्ताक्षर लिएर तीनदिनभित्र सरकारको नेतृत्व दावी गर्नुपर्ने भएको छ ।

गुरुङ सरकारले राजिनामा दिएसँगै सोमबार हुने अबिश्वास प्रस्ताबको मतदान भने स्थगित हुने भएको छ ।

नेपालको संबिधान १६८ उपधारा २ बमोजिम तीनदिन भित्र सरकार गठनबारे प्रक्रिया अगाडी बढाउन गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले सबैलाई आब्हान गरेकी छिन् । पुरानो सहमति कायमै रहेको अवस्थामा गण्डकी प्रदेशमा कृष्णचन्द्र नेपाली नेतृत्वको सरकार बन्ने निश्चित देखिन्छ ।

कमेन्टहरु
Loading...