पोखरा/आफ्नो बिरुद्ध गण्डकी प्रदेश सभामा अबिश्वासको प्रस्ताब दर्ता भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आईतबार साँझ प्रदेश प्रमुखको कार्यालयमा राजिनामा दिएका हुन ।
सोमबार प्रदेश सभामा अबिश्वासको प्रस्ताबमा मतदान हुने कार्यसुची रहेको छ । अविश्वासको पक्षमा बहुमत हुने देखेपछि गुरुङले राजिनामा दिएको बुझिएको छ ।