गण्डकी प्रदेशमा परिक्षण गरिएका करिब ४० प्रतिशतमा कोरोना संक्रमण

पोखरा\देशभर पछिल्लो समय कोरोना संक्रमणको दर बढिरहेको छ । देशभर जस्तै गण्डकी प्रदेशमा पनि कोरोना संक्रमितहरुको संख्या आकाशिएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयकी अधिकृत सपना सुवेदीका अनुसार पछिल्लो केहिदिन परिक्षण गरिएका मध्ये ४० प्रतिशतलाई कोरोना संक्रमण भएको छ ।
कोरोना परिक्षणको ४० प्रतिशत व्यक्तिमा कोरोना संक्रमण हुनु भनेको डरलाग्दो अवस्था भएको स्वास्थ्यबिदहरु बताउँछन् । हालसम्म पोखरामा रहेका सरकारी अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन भने ९० प्रतिशत कोरोना संक्रमितहरु घरमा नै आराम गरिरहेका छन् ।

तस्विर – फाइल फोटो

कमेन्टहरु
Loading...