‘कोभिड–१९ विरूद्धको खोपमा बौद्धिक सम्पत्तीको अवरोध हटाउन अमेरिका तयार ’

अमेरिकाले कोरोना भाइरसविरुद्धको खोपमा बौद्धिक सम्पती (पेटेन्ट राइट्स) सम्बन्धी अबरोधलाई हटाई महामारी नियन्त्रणका लागि खोपको अत्यधिक उत्पादन गर्नुपर्ने भनी अन्य राष्ट्रले उठाएको आवाज सकारात्मक रहेको बताएको छ।

कोभिड–१९ को महामारीलाई नियन्त्रणमा ल्याउनका लागि पेटेन्ट राइट्स सुरक्षालाई छुट दिनुपर्ने पक्षमा आफू रहेको बताएको हो ।

विश्व व्यापार संगठन ९डब्लुटीओ० ले खोपको उत्पादन बढाउन र महामारी नियन्त्रणका लागि बौद्धिक सम्पतीसम्बन्धी सुरक्षात्मक प्रावधानमा छुट दिनु पर्ने अभियान चलाएको हो । त्यसमा आफ्नो समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

भारत र दक्षिण अफ्रिकाको प्रस्तावमा यो अभियान थालिएको र खास गरी यूरोपेली संघ अन्तर्गतका मुलुकहरूमध्ये औपचारिक रूपमा समर्थन गर्नेमा फ्रान्स पहिलो बनेको छ ।

यसले विश्वभर खोपको उत्पादन बढाउन सहयोग पुग्ने उनीहरुको भनाइ छ । करिब एक महिना पहिले विश्व व्यापार संगठनको बैठकमा पनि उक्त कुरा उठाइएको तर त्यतिबेला यसलाई धनी राष्ट्रहरूले कम महत्व दिएको बताइएको छ । बैठकमा स्वीट्जरल्याण्ड, नर्वेलगायतका नेताले अनौपचारिक रूपमा चलाएका छलफलमा खोपको व्यापक उत्पादन कोभिड–१९ नियन्त्रणको व्यवहारिक उपाय हुने र यसका लागि खोप उत्पादनलाई सहजिकरणमा बल गर्नुपर्ने बताएका थिए । औषधि उत्पादकहरुले भने यसबाट सोचिए जस्तो प्रभाव पर्नेमा शङ्का रहेको बताएका छन् ।

अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाइले ‘असाधारण समयमा असाधारण उपायहरुको’ माग हुने बताएकी छन् । तर खोपलाई लिएर सर्वमान्य निर्णयमा पुग्न विश्व व्यापार सङ्गठन सदस्यहरूलाई समय लाग्नसक्ने उनले बिहीबार बताइन् ।

भारत र दक्षिण अफ्रिकाले गएको छ महिनादेखि खोप उत्पादनको अधिकार ‘पेटेन्ट राइट’ लाई सहज पार्दै सबैलाई उत्पादन अधिकार दिनु पर्ने माग गरिरहेका छन् । उनीहरूले विश्व व्यापार संगठनभित्र झण्डै ६० देशको नेतृत्व गरिरहेका छन् । डोनाल्ड ट्रम्पको शासन कालमा अमेरिकाले त्यसको विरोध गरेको थियो । बेलायत र युरोपेली संघ पनि विरोधमा थिए ।

तर अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्पको भन्दा फरक मार्ग लिएका छन् । चुनावी अभियानकै क्रममा कोरोना भाइरसविरुद्धको खोपको पेटेन्ट राइटमा छुट दिनुपर्ने डिमोक्रेटिक नेता बर्नी स्यान्डर्स र उदारवादी अमेरिकी नेताको आवाजलाई बाइडेनले समर्थन गरेका थिए भने बुधबार त्यसलाई पुनः दोहो¥याएका छन् ।

विश्व स्वास्थ्य संगठनका प्रमुखले यसलाई कोरोना भाइरसविरुद्धको युद्धमा स्मरणीय क्षण बताउए । खोपको पेटेन्ट अधिकारमा छुट दिँदा त्यसको उत्पादन विश्वका विभिन्न देशमा गर्न सकिने र यसले गरिब देशहरुमा खोप सस्तोमा उपलब्ध गराउन सकिने पक्षधरहरुको भनाइ छ ।

पेटेन्ट राइट सुरक्षित रहँदा खोपको ‘कम्पोजिसन’ विकास गर्ने संस्था वा देशलाई मात्रै थाहा हुन्छ । यस्तोमा खोपको उत्पादन सीमित कम्पनी वा देशले मात्रै गर्न पाउँछन् ।

तर पेटेन्ट राइटमा छुट दिएर खोपको कम्पोजिशन अरुलाई पनि उपलब्ध गराउँदा आवश्यकता अनुसार उत्पादन गर्न सकिने र महामारीलाई चाँडो नियन्त्रणमा लिन सकिने धेरै विकासशील देशहरुको भनाइ छ ।

कमेन्टहरु
Loading...