पछिल्लो २४ घण्टामा देशभर नौ हजार बढि संक्रमित

पोखरा
नेपालमा पछिल्लो २४ घण्टामा ९०७० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितको यो संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अज ५४ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन् ।
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएकाले कोरोनालाइृ खेलाची नगर्न मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...