- सौगात पोखरेल
पोखरा\पछिल्लो समय देशभरमाजस्तै पोखरामा पनि कोरोना संक्रमणको दर बढ्दै गएको छ । संक्रमितको संख्यासँगै जटिल अवस्थाका संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ । कोरोना संक्रमणको दर बढ्दै गर्दा सरकारी स्वामित्वमा चलेका अस्पतालहरुको अवस्था कस्तो छ भने बुझ्न हामी गण्डकी प्रदेश सरकारले स्थापना गरेको सरुवा रोग तथा संक्रमक अस्पताल पुगेको थियौँ । करिब ५० सिट क्षमता भएको अस्पतालमा हामी पुग्दा ५२ जना संक्रमितहरुको उपचार भईरहेको थियो ।
संक्रमितको संख्यासँगै गम्भिर प्रकारको बिरामीको संख्या पनि बढेको अस्पतालका कार्यकारी निर्देशक बिकास गौचनले बताए । गौचनका अनुसार अस्पतालको सिट क्षमता ५० भए पनि ५२ संक्रमितको अस्पतालमा उपचार भईरहेको । ५२ जना मध्यै ४० जनाको अवस्था जटिल रहेको गौचनले बताए । ‘दैनिकजसो ३० वटा अक्सिजन ग्याँसको खपत भईरहेको छ । आजको दिनसम्म यो अस्पतालमाचाँहि ग्याँसको अभाव छैन । बरु सिट संख्या भने तोकिएको भन्दा बढि प्रयोगमा आएको छ । अबको अस्पतालमा यहाँ कोरोनाको जटिल अवस्थाको बिरामी भर्ना गर्न सक्ने अवस्था छैन । हामीसँग भएको जनशक्ति अनुसार यो पनि धेरै नै हो । अहिले छ जना स्टाफ नर्सहरु कार्यरत हुनुहुन्छ उहाँहरु २४ घण्टा नै ड्युटीमा खटिरहनु भएको छ । २४ घण्टा खटिका काम गर्न गाह्रो हुन्छ तर खटिनुपर्ने जिम्मेबारी पनि छ । हामीले थप केहि स्वास्थ्यकर्मी र कर्मचारीहरु करारमा माग गरेका छौँ । पदपुर्ती भएपछि अलि सहज होला ।’गौचनले भने ।
अस्पतालमा भर्ना भएको बिरामहरुको अवस्था कस्तो छ भन्दा गौचन भन्छन् –‘अहिले पहिलाको जस्तो अवस्था छैन । स्वास्थ्यमा गम्भिर खालको समस्या नदेखिकन कोहि पनि अस्पताल आउनु हुँदैन । अस्पताल भर्ना हुनु भएका मध्ये धेरै संक्रमितहरुको स्वास्थ्य गम्भिर छ । अहिलेको कोरोना पनि पहिलेको तुलनामा अलि बढि असर गर्ने खालको देखियो । त्यसैले यसको रोकथाममा सबै लाग्न जरुरी छ । स्वास्थ्यमा गम्भिर समस्या नभएका संक्रमितहरु घरमा नै बसिदिनु भयो भने जटिल अवस्थाका बिरामीले उपचार पाउने अवस्था सिर्जना हुन्छ । ’
दिनरात नभनी तपाईंहरु फ्रण्टलाइनमा खटिनु भएको छ आम जनतालाई के सुझाब दिन चाहनुहुन्छ भन्ने प्रश्नमा गौचन भन्छन–‘यो पटकको कोरोना पहिलाको भन्दा गम्भिर प्रकृतिको छ । त्यसैले हेलचक्राई नगारौँ । कोरोना संक्रमणको दर हेर्दा अबको केहि समयमा नै पोखराका सबै अस्पतालहरु भरिभराउ हुन्छ । सरकारी अस्पताहरु छ अहिले नै भरिभराउ छ । कोरोना लागेपछि उपचार गर्न नसक्ने अवस्था भयो भने साह्रै गाह्रो हुन्छ । त्यसैले तपाईंहरु अत्यावश्यक काम बाहेर बाहिन ननिस्कनु होला । कोरोनालाई खेलाची नठानौँ सचेत बनौँ । ’
पोखराको गण्डकी अस्पतालमा पनि लगभग बेड भरिन लागेको छ । निजी अस्पतालमा सामान्य आय भएका व्यक्तिहरुले उपचार गराउन सक्ने अवस्था छैन । त्यसैले सरकारले पनि सत्ता जोगाउने र ढाल्ने खेलमा भन्दा जनताको ज्यान जोगाउनतिर बिशेष ध्यान दिन जरुरी छ । जनताहरुले पनि हेलचक्राइ नगरि निषेधाज्ञा गम्भिरतापुर्वक पालना गरौँ । अबस्था भयाभह सिर्जना हुँदैछ भनेर आत्तिने होईन यसको तयारीमा सचेततापुर्व लाग्न जरुरी छ ।