बालकको हत्या अभियोगमा एक महिला पक्राउ

लमजुङ ।

लमजुङ प्रहरीले बालकको हत्या अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले दुधपोखरी गाउँपालिका वडा नं.–३ बस्ने ४८ बर्षिय फुलमाया कामीलाई गत बैशाख १२ गते उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो । दुधपोखरी गाउँपालिका वडा नं.–३ फुलिनगिरी बस्ने राजकुमार गुरुङको नाबालक छोरा बर्ष ७ को यूकेश गुरुङको हत्या गरेको आरोपका फुलमायालाई प्रहरीले पक्राउ गरेको हो ।

गत चैत ३० गते देखी बेपत्ता भएका यूकेश वैशाख १ गते साँझ उनकै घरभन्दा ३ सय मिटर टाढामा रहेको चामबोटे खोल्सामा मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय लमजुङका कार्यालय प्रमुख पहरी नायव उपरिक्षक गंगा बहादुर थापा सहितको अनुसन्धान टोली घटनास्थलमा गई प्रारम्भिक अनुसन्धान गर्दा मृत बालकको घाँटीमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टम गर्नका लागी मृत लासलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान,गण्डकी अस्पताल पोखराबाट लगिएको थियो ।

घटनामा सम्बन्धमा मृतकका आफन्त, घर परिवार लगायत मृतक जान सक्ने सम्भावित ठाउँका मानिस उपर सुक्ष्म रुपमा अनुसन्धान गर्दै जाँदा युकेश गुरुङलाई हत्या गर्ने कार्यमा संलग्न सोही ठाउँ बस्ने मृतककै छिमेकी ४८ बर्षिय फुलमाया कामी रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएपछि उनलाई बैशाख १२ गते घरबाटै पक्राउ गरिएको थियो । कानुनी कारबाहीका लागि लमजुङ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई घटनाबारे विस्तृत अध्ययन गरी बयान तयार पारिएको लमजुङ प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...