कोरोनाका संक्रमित जनप्रतिनिधीको निधन

बागलुङ/ ताराखोला गाँउपालिकामा कोरोना भाईरस कोभिड १९ को सक्रमणबाट १ जना जनप्रतिनिधीको निधन भएको छ । संक्रमणबाट ताराखोला गाँउपालिकाकी कार्यपालिका सदस्य तेजुमाया भण्डारी परियारको निधन भएको ताराखोला गाँउपालिकाले जनाएको छ ।

ताराखोला गाँउपालिका वडा नम्वर ३ बाट निवासी भण्डारी सामान्य लक्षण देखिएर ताराखोला गाँउपालिकाको कोेभिड अस्थाई अस्पतालमा बैशाख १८ गते भर्ना भएकी भण्डारीको अक्सीजनको मात्रा कमभएपछि तत्कालै धौलागिरी अस्पताल रिफर गरिएको ताराखोला गाँउपालिका स्वास्थ्य शाखा प्रमुख उदित थापाले जानकारी दिए ।

थापाका अनुसार ताराखोला गाँउपालिकामा एन्टीजेन परिक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको थिएन् तर लक्षणहरु मिलेकोले उनलाई धौलागीरी अस्पतालमा बैशाख १८ गते नै रिफर गरिएको थियो । उनको सोमबार राती धौलागिरी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको गाउँपालिकाले जनाएको छ ।

कमेन्टहरु
Loading...