निषेधाज्ञा कारण सुनसान पोखरा

पोखरा/कोरोना संक्रमणको दर बढेसँगै जिल्ला प्रशासन कार्यालय कास्कीले गरेको निषेधाज्ञाको कारण पोखरा सुनसान बनेको छ । अत्यावश्यक सवारी साधनका अलवा सडकमा अन्य सवारी साधनहरु चलेका छैनन भने हरेका चोकमा प्रहरी बसेर चेकजाँच कडाईपुर्वक गरिरहेको छ ।
फोहोरको गाडी ,एम्बुलेन्स ,दुुघको गाडी र प्रेसका सवारीसाधहरु भने फाट्टफुट्ट सडकमा गुडिरहेको देख्न पाईन्छ । पोखराका मुख्य बजारहरुमा पैदल यात्रा गर्नेहरुको संख्या पनि अत्याधिक कम रहेको छ । पछिल्लो अवस्थामा बढेको संक्रमणका कारण पनि जनताहरु स्वयम सचेत भएर अत्यावश्यक काम बाहेक बाहिर निस्किएका छैनन् । बिना काम बाहिर निश्किएकाहरुलाई प्रहरी सम्झाएर घर फिर्ता गरिदिएको छ ।

कमेन्टहरु
Loading...