सञ्चारिका समूह लमजुङद्धारा कोरोना कहरमा जीवन जिउनेकला सम्बन्धी अन्तरक्रिया

लमजुङ संवादाता । लमजुङ सदरमुकाम बेसीशहरमा कोरोनाको कहरका बेला जीवन जिउनेकला तथा पत्रकार महिलाको अवस्था र चुनौति विषयक अन्तरक्रिया गरिएको छ ।

सञ्चारिका समूह नेपाल लमजुङले पत्रकार महिलाहरुसंग परिचयात्मक कार्यक्रमका साथै अन्तरक्रिया कार्यक्रम गरेको हो ।

सञ्चारिका समूह नेपाल पञ्चिमाञ्चलका संस्थापक सदस्य सुस्मा पैडेलले कार्यक्रमको उद्घाटन गर्दै महिला पत्रकारहरुको नेतृत्व विकास र कोरोनाको कहरमा जीवन जिउनका लागि मस्तिष्कालाई खुल्ला र सफा राख्ने कहिलेपनि चिन्तामा नडुब्ने र सधैं योगा गरी मन–मस्तिष्क स्वच्छ राख्नुपर्ने बताइन् ।

कोरोना संक्रमणको अवस्थामा पत्रकार महिलालाई सुरक्षितका साथ काम गर्न पनि अनुरोध गरेकी थिइन् । त्यस्तै नेपाल पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष कृष्ण केसीका अनुसार सुरुवाती चरणमा पत्रकार महिलाको संख्या न्यून रहेपनि पछिल्लो समय पत्रकारितामा महिलाको आकर्षण बढेको बताए ।

महिलाको क्षमता विकास गरी टिकाइरहन चुनौति रहेकाले अग्रज मिडिया संचालक, पत्रकारसंग सम्बन्धीत संघसंस्थाले ध्यान दिनुपर्ने उनको भनाई छ । कार्यक्रममा सहभागि पत्रकारलाई स्यानीटाइजर र मास्क समेत प्रदान गरिएको सञ्चारिका समूह लमजुङकी अध्यक्ष शान्ता कमलीले बताइन् ।

सोही कार्यक्रमका अवसरमा नेपाल पत्रकार महासंघ लमजुङमा नवनिर्वाचित पदाधिकारीलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...