सोमबार गण्डकी प्रदेश कार्यव्यबस्था परामर्श समितिको बैठक

पोखरा । गण्डकी प्रदेश कार्यव्यबस्था परामर्श समितिको बैठक सोमबार बस्दैछ ।

प्रदेश सभा नदिपुरमा विहान ११ बजेका लागि बैठक बोलाइएको हो ।

सभामुख नेत्रनाथ अधिकारीले अर्को सूचना नभएसम्म स्थगित गरेको गण्डकी प्रदेश सभाको बैठक अन्यौलतका विचमा कार्यव्यबस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव उपर मतदान हुने तयारीका बीचमा राष्ट्रिय जनमोर्चाका सांसद खिम विक्रम शाही हराएपछि खोजी र जीवन रक्षाका लागि सांसद पियारी थापाले निवेदन दिएकी थिइन । सोही निवेदनलाई देखाएर सभामुखले वैठक स्थगित गरेका थिए ।

सत्तारुढल नेकपा एमालेले सभामुखको कदम असंवैधानिक भएको भन्दै विरोध जनाउँदै आएको छ ।

कमेन्टहरु
Loading...