- सौगात पोखरेल
पोखरा\अबिश्वास प्रस्ताबको पक्षमा मतदान हुनेबेला सांसद सम्पर्कबिहिन भएपछि स्थगित भएको गण्डकी प्रदेश सभाको अधिबेशन कहिलेबाट सुरु हुने भन्ने अनिश्चित छ । एक जना सांसदको बिषयलाई लिएर संसद नै स्थगन गर्नु भनेको सभामुखको अराजनीतिक कदम भएको सत्तारुढ दलले आरोप लगाएको छ भने प्रतिपक्षी दलहरुले भने सभामुखले संसद स्थगन गरेर संसदको गरिमा बडाएको बताएको छ ।
दलगत खिचातानी र नयाँ सरकार गठनमा हुने फेरबदलको कारण यतिबेला गण्डकी प्रदेशको संसद अनिर्णयको बन्दि बनेको छ ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बम गुरुङले प्रदेश सभामा आफ्नो बिरुद्ध अबिश्वाको प्रस्ताबबारे छलफल चलिरहेकै अवस्था स्वतन्त्र सांसद दिपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रीको रुपमा सपथ खुवाएका छन् । हराएका भनिएका सांसद खिम बिक्रम शाही चरक अस्पतालको बेडमा भेटिएपछि चल्नुपर्ने संसद अहिलेसम्म चल्ने सुरसार छैन ।
संसद चल्नुअघि कार्यव्यबस्था परामर्श समितिको बैठक बस्नुपर्ने भएपनि सभामुखले हालसम्म बैठकका लागि आव्हान नै गरेका छैनन् । यतिबेला गण्डकी प्रदेशमा रहेका सत्तारुढ र बिपक्षी दलका नेताहरु संसदीय भ्यागुताको धार्नी पुग्याउन कम्म कसेर लागि परेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री मनाङ्गलाई सपथ खुवाएको भोलीपल्टै काठमाडौँतिर हानिएका छन भने बिपक्षी दलका नेताहरु संयुक्त छलफलमा जुटिरहेका छन् । सतापक्ष जुनसुकै हालतमा सरकार जोगाउन लागेको र बिपक्षी जुनसुकै हालतमा सरकार ढाल्न लागेको प्रष्ट बुझ्न सकिन्छ । जुनसुकै बाहनामा सरकार जोगाउने र ढाल्ने खेलका कारण गण्डकी प्रदेश सभा अनिर्णयको बन्दी बनेको छ ।
सत्तारुढ दलको पक्षमा वा प्रतिपक्ष दलको पक्षका भ्यागुताको धार्नी पु्गेको अवस्थामा सदन खुल्छ त्यो भने हेर्न बाँकी नै छ । केहिदिन देखिको संबादहिनतालाई तोडेर सभामुखले संसदलाई कसरी संसद चलाउन त्यो भने सबैको चासोको बिषय बनेको छ ।
यद्यपी अहिलेसम्म सत्ता वा प्रतिपक्षी दुवै आफ्नो पक्षमा भ्यागुताको धार्नी पुग्यो भनेर ढुक्क हुने अवस्थामा छैन ।