महेश बस्नेतको स्टाटस, ‘प्रचण्ड र कांग्रेस पोषित मिडिया र ब्यक्तीहरुले नाम मुछेर बद्नाम गरे’

पोखरा । नेकपा एमालेका युवा नेता महेश बस्नेतले गण्डकी प्रदेशमा आफु र केही नेताको नाम जोडेर बद्नाम गराउन प्रत्यन्त गरिएको बताएका छन् ।

राष्ट्रिय जनमोर्चाका सांसद खिम बिक्रम शाही अस्पताल भर्ना भएपछि नेता बस्नेतको नाम जोडेर कां्रगेस र माओवादी कार्यकर्ताहरुले तिव्र आलोचना गरेका थिए ।

‘राजमोका सांसद खिम बिक्रम शाही बिरामी भएर अस्पताल बसेको कुरालाई लिएर अस्पताल प्रशासन, उनी स्वमं र उनको परिवारले आफू बेहोस भएर अस्पताल गएको भनेर पुष्टि गरिसकेको सन्दर्भमा केही प्रचण्ड र कांग्रेस द्वारा पालित पोषित मिडिया र सामाजिक संजालका केही अपराधीक प्रवृत्तिका ब्याक्तीहरुले म, अन्य केही नेताहरु र हाम्रो पार्टीको नाम मुछेर जुन बदनाम गराउने प्रयत्न गरिरहेका छन । नेपाल सरकारको जिल्लाको जिम्मेवारी लिएर बसेको सिडियो जस्तो जिम्मेवार ब्यक्तिलाई सांसद्कको मुखबाट गाली गलोज गर्ने र भाइरल गर्ने जस्ता अराजक प्रवृत्ति प्रकट गरिरहेका छन।’,नेता बस्नेतले लेखेका छन् ।

कमेन्टहरु
Loading...